काठमाडौँ। मनोज ज्ञवाली नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई नियुक्त गरेको हो ।
कामू सीईओको रुपमा काम गरेको करिब अढाई महिनापछि ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत९सीईओ०को जिम्मेवारी पाएका हुन् । उनी आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।
तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्रबैंकको गभर्नर बन्नको लागि २०८१, चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा गरेपछि ज्ञवालीलाई कामू सीईओको जिम्मा दिइएको थियो ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीसँग ज्योति विकास बैंकमा सीईओ रुपमा काम गरेको अनुभव पनि छ । ज्ञवाली नविल बैंकमा नायव महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्