काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गरेका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय बिलासिता करका कारण थप संकटमा पर्ने बताएका हुन् । उनले भारतमा सुन र हिराका गहना नेपालभन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताए ।
गहना उद्योग धरासायी भएको अवस्थामा न्युन आय भएका नेपालीले गहना खरिद गर्न नसक्ने अवस्था सिर्जना सरकारले गर्न नहुने उनको भनाइ छ ।
सांसद रिजालले सरकारले सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न र राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्