नेप्से ६ अंकले घट्याे, करिब ८ अर्ब रूपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ओटा २ उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९१ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९८ प्रतिशत, ९.९८ प्रतिशत र ९.९६ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस्तै ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.३० प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।