काठमाडौँ । सरकारले आइटी कम्पनीहरूहरुलाई अध्यादेशमार्फत विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेसँगै नेपाल राष्ट्र बैंकले विनियमावली तयार पारेकाे छ ।
राष्ट्र बैंकले नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न पाउने गरी विनियमावली तयार पारेको हाे ।
सरकाले अध्यादेशमार्फत आइटी कम्पनीहरुलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको थियो भने आर्थिक वर्ष २०८२/८३ काे बजेटमा नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने विषय उल्लेख गरेको छ ।
सरकारले विदेशमा लगानी गर्न पाउने बाटो खुलाएसँगै राष्ट्र बैंकले विनियमावली तयार पारेको हो ।
“विनियमावली विदेशी विनिमय व्यवस्थापन विभागबाट गर्भनर कार्यालयमा आएको छ । गर्भनर सर काठमाडौँ फर्किएपछि सार्वजनिक गर्ने तयारी छ,” राष्ट्र बैंक स्रोतले बतयो ।
गर्भनर डा. विश्वनाथ पौडेल दुई कार्यकारी निर्देशक सहित मध्यपहाडी क्षेत्र भ्रमणमा निस्किएका छन् । “५–७ दिनमा गर्भनर सर फर्किएपछि सार्वजनिक गर्ने तयारी छ । उहाँ हुनुभएको भए आज भोली नै सार्वजनिक हुन्थ्यो,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्