काठमाडौँ । आज (बिहिबार) देखि काठमाडौँको भृकुटीमण्डपमा छैठौँ राष्ट्रिय मह मेला–२०८२ सुरू भएको छ।
नेपाल मौरी पालक महासंघले स्वेदशी महकाे उत्पादन र खपत बढाउनका लागि मह मेला गरेको जनाएकाे छ । मेलाले मौरीपालक व्यवसायीक किासनहरूका लागि व्यवसायको प्रचार-प्रसार र विस्तारका लागि सहयोग पुग्ने महासंघकाे दाबी छ ।
आजदेखि सुरू भएकाे मेला जेठ २४ गते शनिबारसम्म चल्नेछ । मेलामा ४० वटा स्टल रहकाे आयोजकले जनाएको छ । मेलामा प्रदेश, जिल्ला, पालिका अन्तर्गतका उद्यमी तथा मौरी व्यवसायहरू सहभागी भएका छन् ।















प्रतिक्रिया दिनुहोस्