काठमाडाैँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताएका हुन् । उनले मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताउनु भयो । जनता र देश हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा राखे ।
“नेताहरूले सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले गर्नु हुँदैन । अब माधव नेपालजी पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन् । नीतिगत होस् वा बाहिर रहेर होस् । मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ ? मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ ? व्यक्ति त आउँदै जाँदै गर्छ । मुलुक त रही रहन्छ । कारबाही सबैलाई हुनुपर्छ । मुलुकलाई घाटा हुने काम गर्ने सबैलाई कारबाही हुनुपर्छ ,” उनले भने ।
सांसद भण्डारीले नेपालका कुनैपनि नेताहरुले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्