काठमाडाैँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
शुक्रबार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरिन् । विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै नभइ चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो भएको उनले बताइन् ।
न्यायाधीश मल्लले सबैकुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभुतिले सफल बन्न मदद्त पुग्ने उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्