सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैनः सांसद राई


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताएकी छन् । 

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले उहाँले निजी क्षेत्रलाई बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने बताएकी हुन् ।

उनले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिँदै तब मात्र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिने विश्वास व्यक्त गरिन्।

सांसद राईले सरकारले ल्याएको बजेट व्यापारमुखी बनेको बताइन्। उनले दुई तिहाइको बलियो सरकारले आशा बाँड्ने नभएर विश्वास पैदा गर्ने बजेट ल्याउनुपर्नेमा त्यसो नभएको बताइन् ।

उनले बजेटले नागरिकका एजेण्डाहरूलाई समाधान तथा सम्बोधन नगरेको दाबी गरिन् । उनले कृषि उत्पादनलाई औद्योगिकीकरण नगरेसम्म आत्मनिर्भर बन्न नसकिने बताइन् ।