नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने


काठमाडाैँ । अमेरिकी बहुराष्ट्रिय फुटवियर कम्पनी स्केचर्सको स्टोर नेपालमा पनि खुलेको छ ।शुक्रवार काठमाडौँको दरबारमार्गमा एक कार्यक्रमकाबिच स्केचर्स स्टोरको सञ्चालनमा आएको हो ।

स्केचर्सको यो नेपालको पहिलो एक्सक्लुसिभ स्टोर रहेको जनाइएको छ । स्कचर्सका केही सामानहरू बजारमा पाइए पनि यो नै नेपालको पहिलो एक्सक्लुसिभ स्टोरको लन्च गरिएको कम्पनीले जनाएको हो ।

स्केचर्स ब्राण्ड अमेरिकन कम्पनीको जुत्ताको लागि पपुलर छ । यो कम्पनीले सबै उमेर समूहको लागि जुत्ता बनाउने गरेको छ । अमेरिकासहितका विदेशी देशहरूमा पाउने जुत्ताहरू अब नेपालमै पाइने कम्पनीले जनाएको छ । दरबारमार्गस्थित स्केचर्सको स्टोरमा तीन सय भेटाइटीको जुत्ताहरू उपलब्ध हुनेछ ।