विश्वभर २६ लाख ३६ हजार नेपाली आप्रवासी


काठमाडौं । विश्वभरि २६ लाख ३६ हजार नेपाली आप्रवासीहरू रहेको पाइएको छ । संयुक्त राष्ट्र संघ जनसंख्या विभाग (यूएनडेसा)को अद्यावधिक तथ्याङ्कअनुसार विश्वका ४८ भन्दा बढी देशमा रहेका नेपालीको स‌ङ्ख्या २६ लाख ३६ हजार १९५ पुगेको छ। 

यद्यपि नेपालले औपचारिक रुपमा ११० मा श्रम आप्रवासन खुला गरेको र ती सबै देशमा कुनै न कुनै सङ्ख्यामा नेपाली कार्यरत रहेकाले विश्वभर आप्रवासनमा रहेका नेपालीको सङ्ख्या योभन्दा निकै उच्च रहेको आकलन छ ।
माओवादी सशस्त्र द्वन्द्व चर्केको र राजदरबार हत्याकाण्डसँगै राजनीतिक अस्थिरता र अशान्ति बढेसँगै विदेश पलायन हुने नेपालीहरूको सङ्ख्या तीब्र रुपमा बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २००० मा विश्वभर रहेका कुल नेपाली आप्रवासीहरूको सङ्ख्या ७ लाख ७ हजार ८९६  रहेकोमा सन् २००५ मा यो सङ्ख्या १० लाख  ५६ हजार २५० पुग्यो भने सन् २०१५ मा आइपुग्दा २१ लाख १२ हजार हुँदै सन् २०२४मा २६ लाख ३७ हजार पुगेको हो ।

नेपालबाट वार्षिक औसत ७ लाख नेपालीहरू वैदेशिक रोजगारमा जाने गरेका छन् भने वार्षिक औसत १ लाख नेपाली अध्ययनका लागि विदेशिने गरेका छन्

वर्षआप्रवासी संख्या
१९९०५,२३,९१५
१९९५६,०२,७११
२०००७,०७,८९६
२००५१०,५६,२५०
२०१०१४,०२,५५६
२०१५२१,१२,७२६
२०२०२३,५७,८४३
२०२४२६,३७,१९५

कुन देशमा कति छन् नेपाली?
संयुक्त राष्ट्र संघ जनसंख्या विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाली भारतमा ६ लाख ६३ हजार जना छन् । यद्यपि विवरणले सन् २०१५ पछि भारत जाने नेपालीहरूको सङ्ख्या लगातार घट्दै गएको देखाउँछ ।
भारतमा सन् १९९० मा ४ लाख ७९ लाख ५४४ नेपाली आप्रवासी रहेकोमा सन् २०१० मा यो संख्या बढेर ७ लाख ९४ हजार ७३ पुगेको थियो। यद्यपि, त्यसपछिका वर्षहरूमा यो संख्यामा कमी आएर सन् २०२४ मा ६ लाख ६३ हजार ५१८ मा झरेको यूएनडेसाको विवरणले देखाएको छ ।

भारतपछि मुख्य श्रम गन्तव्य मलेसियामा ५ लाख, नेपाली अदक्ष र अर्धदक्ष श्रमिकहरूका लागि प्रमुख गन्तव्य खाडी मुलुकहरू (साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन)मा रहेका कुल ६ लाख ३७ हजार नेपालीमध्ये  साउदी अरबमा २ लाख ९७ हजार, कतारमा २ लाख ६६ हजार, यूएइमा २६ हजार जना रहेको विवरणमा उल्लेख छ ।

यस्तै अमेरिकामा सन् १९९० मा २ हजार ३६७ जना मात्र नेपाली रहेकोमा सन् २०२४ सम्ममा यो संख्या २ लाख ६४ हजार३१७ पुगेको, अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्यामा पछिल्लो दशकमा भएको उच्च वृद्धिसँगै सन् १९९० मा ७९९ जना मात्र रहेको नेपालीको अनुपात सन् २०२४ मा १ लाख ९७ हजार ४७२ पुगेको तथ्याङ्कले देखाउँछ ।

यसैगरि जापानमा सन् १९९० मा २ हजार ८ सय नेपाली रहेकाेमा  सन् २०२४ मा १ लाख ८५ हजार ६४४ पुगेको, दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत जाने नेपालीसहित त्यहाँ ४३ हजार ७४३ नेपाली रहेको विवरणले देखाएको छ।

नेपालको वैदेशिक आप्रवासन: एक विश्लेषण

नेपालको वैदेशिक आप्रवासन

एक दृश्य विश्लेषण (सन् १९९० – २०२४)

समग्र आप्रवासनको वृद्धि

विगत तीन दशकमा, नेपालबाट वैदेशिक रोजगारी तथा अन्य उद्देश्यले विदेशिने नेपालीहरूको संख्यामा अभूतपूर्व वृद्धि भएको छ। सन् १९९० को तुलनामा २०२४ मा आप्रवासीको संख्या पाँच गुणाभन्दा बढीले बढेको छ, जसले देशको सामाजिक-आर्थिक परिदृश्यमा गहिरो प्रभाव पारेको छ।

कुल आप्रवासी (१९९०)

५,२३,९१५

कुल आप्रवासी (२०२४)

२६,३७,१९५

बदलिँदो गन्तव्य परिदृश्य

परम्परागत गन्तव्य भारतको आकर्षण केही हदसम्म घट्दै जाँदा, मलेसिया, खाडी मुलुकहरू र अमेरिका, अष्ट्रेलिया जस्ता विकसित राष्ट्रहरू प्रमुख गन्तव्यका रूपमा उदाएका छन्। यसले नेपालीहरूको रोजगारीको खोजी र अवसरको प्राथमिकतामा आएको परिवर्तनलाई दर्शाउँछ।

प्रमुख गन्तव्यहरूको हिस्सा (२०२४)

आय अनुसार गन्तव्यमा परिवर्तन

भारत बाहेकका शीर्ष ५ गन्तव्य देशहरूको प्रवृत्ति

भारत बाहेक, मलेसिया, साउदी अरब, कतार, अमेरिका र अष्ट्रेलिया नेपाली आप्रवासीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण गन्तव्य बनेका छन्। यी देशहरूमा आप्रवासी संख्याको वृद्धिले विश्वव्यापी श्रम बजारमा नेपालीहरूको बढ्दो उपस्थितिलाई देखाउँछ।

भारत बाहेकका शीर्ष १० गन्तव्य देशहरूमा आप्रवासीहरूको वितरण (२०२४)

सन् २०२४ को तथ्याङ्क अनुसार भारत बाहेकका शीर्ष १० गन्तव्य देशहरूमा नेपाली आप्रवासीहरूको अनुपात

स्रोत: संयुक्त राष्ट्रसंघ जनसंख्या विभाग (UNDESA) को तथ्याङ्कमा आधारित

© २०२४ | एआई/जेमिनीको विश्लेषण