कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव, अन्य ठाउँमा कस्ताे छ माैसम ?


काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखालेजनाएको छ ।

कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माहाशाखाले उल्लेख गरेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।