काठमाडौँ । टक्सार म्यागजिनका सम्पादक किरण आचार्य सम्मानित भएका छन्। सातौँ विश्व स्वच्छता दिवस २०२५ तथा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०८२ को अवसरमा सम्मानित भएका हुन् ।
खाद्य स्वच्छता तथा गुणस्तरको क्षेत्रमा निरन्तर समाचार सम्प्रेषण गरी उपभोक्ता चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आचार्यलाई सम्मान गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र अन्य अतिथिको उपस्थितिमा शनिवार सचिव डा. दिपककुमार खरालले सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् । कृषि तथा आर्थिक पत्रकारितामा वि.सं. २०६८ सालदेखि निरन्तर सक्रिय रहेका आचार्यले खाद्य सुरक्षा तथा स्वच्छताका विषय पनि उत्तिकै प्राथमिकताकासाथ उठान गरिरहेका छन् ।
संयुक्त राष्ट संघले सन् २०१८ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेपछि सन् २०१९ देखि विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आइएको छ । नेपालमा भने संयुक्त राष्ट्र संघले घोषणा गर्नुभन्दा एक दशकअघिदेखि नै राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै आइएको छ ।
विभागको आयोजनामा यसअघि पनि विश्व खाद्य स्वच्छता दिवस र राष्ट्रिय खाद्य स्वच्छता दिवस जुन ७ तारिखमा मनाइने गरिएकाे छ । दिवसको मुल समारोहमा यसअघि कर्मचारी, उपभोक्ता अधिकारकर्मी, उद्योगी लगायतलाई कदर पत्र प्रदान गरिँदै आइएकोमा यसपाली पहिलो पटक सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।
वि.स. २०५९ देखि निरन्तर पत्रकारितामा रहेका आचार्य पत्रकारिताका अध्यापक पनि हुन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) का अध्यक्षसमेत रहेका आचार्यसमेत कृषि सञ्चारको क्षेत्रमा सक्रिय अन्य सञ्चारकर्मी पनि सम्मानित भएका छन्।
सम्मानित हुने सञ्चारकर्मीहरूमा न्यूज एजेन्सी नेपालका सविन धमला, हिमालय टाइम्सका लेखनाथ पोखरेल, नागरिक दैनिकका दिलीप पौडेल, नयाँ पत्रिकाका अजित अधिकारी, क्लिकमान्डु डट कमका राजेश बर्मा, कृषि अनलाइनका बैकुण्ठ भण्डारी, हलोखबर डटकमका मनोज श्रेष्ठ, कान्तिपुर दैनिकका राजु चौधरी, कारोबार दैनिककी कौशिला कुँवर, रेडियो मिर्मिरेकी सिर्जना तिमिल्सिना र क्यापिटल नेपालकी सरिता थारु छन् ।
प्रतिक्रिया दिनुहोस्