काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवा ब्याज २०८२ साउन ४ गते राष्ट्र बैंकले भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्