काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ओटा २ उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३१३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्