स्थानीय तहको राजश्वको स्रोत संघले खोस्योः उपमेयर डंगोल


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छन् । 

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौँमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलव्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी हुन्। साथै उनले पालिका सरकारहरुको क्षमता बढाउन नसकीएको स्वीकार गरिन् ।

उनकाअनुसार स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ । तर स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलले बताइन् ।

उनले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिएपनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको आरोप लगाइन् ।