विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टा स्थगित


काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विरोध कायम राखेका छन् । 

सोमवार २ बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक साढे ३ बजे बसेपनि बैठकको कारबाही अघि बढ्न सकेन ।

बैठकको कारबाही शुरु हुने बित्तिकै विपक्षी राजनीतिक दलहरूले संसदमा उठेर विरोध जनाएसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरे।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै प्रतिपक्षी राजनीतिक दलहरुले केही समय यता संसद अवरोध गर्दै आएका छन् ।