रोल्पा । सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभाको अठारौ अधिवेशनकाे पहिलाे बैठकमा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मतिले पारित भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा पालिकालाई आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने उल्लेख छ ।

यसका लागि अरेशमा अदुवा,गजुल र तेबाङमा सुन्तला र कागती,कफी, घोडागाउँ र खुङ्ग्रीमा आँप, मिझिङमा केरा र आँप, बेसार लगायत प्रत्येक वडाको भौगोलिक अवस्था, माटोको गुणस्तर, हावापानीको अनकूलनता समेतको आधारमा बालीवस्तुको विशिष्टीकृत उत्पादनलाई विशेष प्राथमिकता दिइने उल्लेख छ ।
पछिल्लो समय चिउरीका रुख विनाश बढ्दै गएपछि पालिकाले यसलाई प्रवर्धन गर्दै मौरीसँग जोड्ने विषयलाई नीति तथा कार्यक्रममा जोडेको छ ।
‘वन वनमा चिउँरी,घरघरमा मौरी’ भन्ने नारासहित सम्भाव्य क्षेत्रमा मौरीपालन व्यवसायलाई प्रवर्धन गरिने उल्लेख छ । हेर्नुहाेस् नीति तथा कार्यक्रमको पूर्ण पाठ :
प्रतिक्रिया दिनुहोस्