बनेपामा तीन दिने विपद् अनुशिक्षण तालिम सम्पन्न


काठमाडाैँ । बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ । 

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ ।

तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् अवधिमा अपनाउनुपर्ने सावधानी र विपद् सूचनाको संकलन तथा व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगरप्रमुख शान्ती रत्न शाक्यले “विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गर्दै स्वयंसेवक तालिमको निरन्तरता दिइने बताइन् । कुनैपनि ठाउँमा विपद् आउनसक्ने भन्दै सधैँ सचेत रहनुपर्ने बताइन् ।

आगामी दिनमा थप स्वयंसेवक तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि दिइन् । गत असोजमा आएको बाढी र पहिरोका कारण बनेपामा मात्र चार जनाले ज्यान गुमाएका थिए ।  तर त्यति ठूलो जनधनको क्षति भए पनि नेपाल सरकारद्वारा बनाइएको विपद्ग्रस्त पालिकाको सूचीमा बनेपा नगर समावेश गरिएको थियो ।