अनर ४०० फाइभजी एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक


काठमाडाैं । विश्वप्रसिद्ध एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले आफ्नो नयाँ एआई स्मार्टफोन अनर ४०० फाइभजी सिरिजको सुरुवात विश्वको सर्वोच्च शिखर सगरमाथाबाट गरेर इतिहास रचेको कम्पनीको दाबी छ । अनरको साहसी दृष्टिकोण र नवप्रवर्तनको सीमालाई नाघ्ने प्रतिबद्धतालाई दर्शाउने कम्पनीले दाबी छ । कम्पनीका अनुसार ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने सन्देश दिन खोजिएको हो ।

स्टाइलिश डिजाइन, शक्तिशाली एआई फिचरहरू, र फ्ल्यागशिप स्तरका क्यामेराको संयोजनमा आधारित यो स्मार्टफोनले बेजोड प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यसअघि प्रिबुक सुरु भइसकेको उक्त फोनको पहिलो बिक्री भने असार २ गतेदेखि सुरु हुने भएकाे छ।

अनर २०० मेगापिक्सल अल्ट्रा–क्लियर एआई मुख्य क्यामेरा रहेको यस स्मार्टफोनमा एआई क्रिएटिभ एडिटिङ (एआई इमेज टु भिडियो, एआई सुपर जुम, एआई पोर्ट्रेट स्न्याप, एआई रिमुभ रिफ्लेक्सन, एआई इरेजर, एआई आउटपेन्टिङ, एआई अपस्केल) लगायत समावेश गरिएको छ। यस्तै फ्ल्यागसिप स्तरको स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, छ हजार एमएएच ब्याट्री प्लस १०० वाट चार्जिङ सपोर्ट र आईपी ६८ र आइपी ६९ पानी प्रतिरोध क्षमता स्मार्टफोनमा समावेश छ।

एआईले सशक्त बनाएको फोटोग्राफी, फ्ल्यागशिप स्तरको प्रदर्शन र आकर्षक डिजाइनसहित अनर ४०० फाइजी सिरिजले स्मार्टफोन नवप्रवर्तनको सीमालाई फराकिलो बनाएको तथा सर्वोच्च शिखरबाट सार्वजनिक हुनु असीम सम्भावनाको प्रतीक रहेको कम्पनीले जनाएको छ ।