सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दाङको ग्रीन पार्कमा वृक्षारोपण


दाङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ दाङमा वृक्षारोपण गरेकाे छ ।

बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाता बराबर एक रुख रोप्ने प्रतिवद्धता अनुसार दाङको ग्रीन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे जनाएकाे छ।

दाङ सब क्लस्टर अन्तर्गत लमही, भालुवाङ, गढवा शाखाको सहभागितामा दाङको लमहीस्थित ग्रीन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ ।