काठमाडाैँ । जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिंचाई पोखरीको उद्घाटन गरेका छन् ।
रोजि राणा—प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिंचाई पोखरीबाट सयौं हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ ।
यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानबहादुर शाहीले यस सिंचाई आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
समुन्द्री सतहबाट २ हजार ३ सय मिटरभन्दा माथि अवस्थित जुम्ला आफ्नो अद्वितीय हावापानीका कारण विशेष कृषि उत्पादनका लागि परिचित छ । जुम्लाको मार्सी धान नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागमा छ ।
प्रतिक्रिया दिनुहोस्