काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजिकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गरेका हुन् ।
उनले दशैं तिहारको बेलामा बजारमा कालो बजारी हुने तथा वस्तुको कृत्रिम अभाव सिर्जना काम हुने गरेको उल्लेख गर्दै यस्तो हुन नदिनको लागि सरकार प्रतिवद्ध रहेको बताए ।
“हामी जुन सामाजिक अर्थ व्यवस्थामा छौँ । त्यसले सरकारले सबै कुरा गरेर सम्भव छैन । र कमसेकम यस्ता विषयहरु त निजी क्षेत्रले गर्छ । निजी क्षेत्रले काम गरिरहँदा सरकारले त्यसमा सहजिकरण गर्ने, निजी क्षेत्रलाई काम गर्ने उचित वातावरण पनि निर्माण गर्ने र त्यसमाथि उचित ढंगको नियमन पनि गर्ने काम सरकारको हो,” उनले भने ।
उपभोक्ताले सहज बजारको अधिकारलाई सुनिश्चित गर्नको लागि प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिइसकेको समेत गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस्