सभापति देउवाले भनेः नेपालले मानिस बाहेक अरू निर्यात गर्न सकेन


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरू निर्यात गर्न नसकेको बताएका छन् ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए । उनले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताए । सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताए ।व्यापारी र उद्योगीहरूलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरू सहयोग गर्न तयार रहेको बताए ।

उनले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताए । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताउनु भयो । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताए ।

सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरू नाङ्गो भइसकेको बताए । उनले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताए । जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गरे ।