काठमाडौं । अमेरिकाकाे क्यालिफोर्निया राज्यले संघीय आप्रवासन छापा मार्ने विरोधका बीच लस एञ्जलसमा राज्यको राष्ट्रिय गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनलाई मुद्दा हालेको छ ।
यो कदमलाई अधिनायकवादतर्फको एक स्पष्ट कदमका रुपमा चित्रण गर्दै क्यालिफोर्निया राज्यले मुद्दा दर्ता गराएको हो । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र महान्यायाधिवक्ता रोब बोन्टाले राज्यको राष्ट्रिय गार्डको अवैध र अनावश्यक अधिग्रहण अन्त्य गर्न ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
ट्रम्पले अनावश्यक रूपमा लस एन्जलस क्षेत्रमा अराजकता र हिंसा बढाएको उनीहरुको आरोप छ । ट्रम्प प्रशासनका अधिकारीहरूले लस एन्जलस, शिकागो र न्यूयोर्क लगायत प्रमुख प्रजातान्त्रिक नेतृत्वका शहरहरूमा आफ्नो प्रयास केन्द्रित गरेका छन् । विरोधका बीच ट्रम्पले गत शनिवार २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्