काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा मुनाफा नभएको भन्दै लाभांश नदिने घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने अवस्था नभएको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्