गृहमन्त्रीको राजीनामा आउँदैन, धेरैमा संसदीय समिति बन्ला: प्रवक्ता गुरुङ


काठमाडाैँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन् ।

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले साे कुरा बताएका हुन् ।

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानविन सुरू गरेको र कर्मचारीमाथि छानविन सुरू गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे।

उनले एउटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बताए ।

गृहमन्त्रीले राजीनामा नदिने बरू संसदीय छानविन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताए । सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए ।