नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त


काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज बसेको बैठकले मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको हो । मास्केले बुधबारबाटै निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार भ्रष्टाचार मुद्दा दायर गरेपछि उक्त पद खाली थियो ।