काठमाडौँ । आगामी २४ घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य स्थानका एक-दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। साथै, देशका उच्च-पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
रातको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भाग मुख्यतः सफा रहनेछ। यिनै प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने जनाइएको छ। यस्तै, यी तीनै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र अन्य हिमाली क्षेत्रमा एक(दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको छ।
प्रतिक्रिया दिनुहोस्