काठमाडौँ । भारतमा २४२ जना यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटना भएको छ ।
अहमदाबादबाट लन्डनका लागि उडेको विमान एयरपोर्ट नजिकै आवासीय क्षेत्रमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान दिउँसो १ बजेर ३८ मिनेटमा उडेको थियो ।
विमान उडेको ५ मिनेटमै दुर्घटना भएको हो । २४२ जनामध्ये २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए ।
एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेपछि केही समयमै दुर्घटनाग्रस्त भएको हो । लन्डनतर्फ गइरहेको उक्त विमान सिधै सहरको मेघानी क्षेत्रमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्