आलमलाई सफाइ दिने न्यायाधीस खुसीप्रसाद थारूलाई नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दले


काठमाडौँ । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिने न्यायाधीसलाई नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता आलमकाे सजायलाई उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका थिए ।

आदेश उल्टाएर आलमलाई सफाइ दिनेका न्यायाधीस खुशीप्रसाद थारुलाई आज नेकपा बहुमतका कार्यकर्ताले उनकै कार्यकक्षमा कालोमोसो छर्किदिएका हुन् ।

२०६४ सालमा चुनावी प्रचारका क्रममा बम बिस्फोटपछि जिउँदै इट्टाभट्टामा मान्छे हालेर मारेको आरोपमा जिल्ला अदालत रौतहटले उनलाई जन्मकैद सजाय तोकेको थियो ।

आलमलाई जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा चारवटा मुद्दामा जन्म कैदको फैसला सुनाएको थियो । सुरक्षाको कारण देखाउँदै नख्खु कारागारमा ल्याएर राखिका आलम सफाइ पाएसँगै छुटिसकेका छन् ।

थारुलाई जनकारबाही गरिएको नेकपा बहुमतले जनाएको छ ।