काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ् क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
भुवनकुमार दहाल सदस्य रहनेछन् भने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरिएको हो ।
उक्त कार्यदलको समयावधि एक महिना रहनेछ ।
उक्त कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ् क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धका विषयमा कार्य सम्पन्न गर्न जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझाव , नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका विषयमा सुझाव पेश गर्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्