सातओटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गर्दै


काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।

संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याएलगत्तै असार १० गतेपछि स्थानीय सरकारले बजेट ल्याउने गरेका छन् ।