४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बाृलकबोलको माध्यमबाट ४२ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले २०८२ साउन ११ गते यसको साँवा ब्याज भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८ को विनियम २४ बमोजिम योग्य “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।