ट्रेड टावरको आइपिओ बाँडफाँड सम्पन्न


काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाण्डौको गौशाला स्थित होटल क्रिष्टल पशुपतिमा आज बिहान बाँडफाँड गरेको हो ।

कम्पनीको आइपिओमा २० लाख ७४ हजार २८५ जना आवेदकहरुबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको छ।

उक्त आइपीओमा गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरे भने बाँकी ५.१९ कित्ता सेयर सोहि मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरुलाई गोलाप्रथाबाट नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

आइपिओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५।१९ कित्ता आईपीओ निष्काशन गरेको थियो।