इरान र इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः सांसद पौडेल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै उनले करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरू इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरेका हुन् ।

उनले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गरे ।बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गरे ।