राप्रपाद्वारा संसद बैठक बहिष्कार


काठमाडाैँ । अवरोधकाबिच सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक बहिष्कार गरेको छ । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहँदा राप्रपाले भने आसनमै उभिएर विरोध जनाइरहेको थियो । उभिएर बिरोध जनाइरहेका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन् ।

विरोधका बाबजुद सभामुख घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।