काठमाडौँ । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा ५ ओटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने १५ ओटा वाणिज्य बैंकहरुले जेठकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंक, एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन् ।
असार महिनामा कृषि विकास बैंकले ५.४५ प्रतिशत , एनएमबी बैंकले ६ प्रतिशत, कुमारी बैंकले ५.७१ प्रतिशत, एभरेष्ट बैंकले ६.५५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.५५ प्रतिशत ब्याज दिनेछन् ।
नेपाल बैंक, प्रभु बैंक, सानिमा बैंक, प्राइम कर्मशियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टड बैंकले, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छे« बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
यस्तै, नेपाल बैंकले ५.४५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकले ६.२५ प्रतिशत ब्याज दिने बताएका छन् ।
यस्तै, हिमालयन बैंकले ५.५५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, माछापुच्छे« बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, नेपाल एसबिआई बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.५ प्रतिशत र सिटिजन्स बैंकले ५.६५ प्रतिशत ब्याज दिने छन् ।
प्रतिक्रिया दिनुहोस्