आइतबार झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब रुपैयाँभन्दा बढी


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८९ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनरर्जी र च्यानगढी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै नेपाल हाइड्रोडेभलपर्स लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।

कुल ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।