काठमाडौँ । नेपाल राष्ट्र बैंकले रुपैयाँ १० दरको बैंक नोट प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा रङ्गमा ०००००१ देखि ९९९९९९ सम्मका बैंक नोट २०८२ असार २ गते (सोमबार) बाट प्रचलनमा आउने छ ।
‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ,’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित बैंक नोट चलनचल्तीमा ल्याउने भएको हो ।
नोटको अगाडी भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत, नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
नोटको पछाडीको भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट बैंक’ लेखिएको, मध्य भागमा कृष्णसारको चित्र, तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज १०’ लेखिएको, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डी’
लेखिएको छ ।
यस अघि २०७७ मंसिर १० गतेदेखि रुपैंया १० दर (सिरिज २०२०) को बैंकनोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएको थियो । जसमा राष्ट्र बैंकले सङ्केत नं. ०००००१ देखि ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्