काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको बताए ।

उनले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको उल्लेख गरे ।

अहिले जनता काँग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गरे । काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको उनले आरोप समेत लगाए । उनले एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको बताए । 

उपाध्यक्ष सापकोटाले शहीद परिवारबाट तर्केर हिँड्ने कुराको अन्त्य हुनुपर्ने उल्लेख गरे ।