काठमाडौँ । नेपाल पर्यटन बोर्डले चीनमा पयर्टन प्रवर्धनको नाममा एआइ जेनेरेट फोटो प्रयोग गरेर उल्टाे बदनाम गरेकाे भन्दै आलोचना भएको छ ।
बोर्डले नेपाल चीनको कूटनीतिक सम्बन्धकाे ७० औँ वर्षको अवसरमा पर्यटन प्रवर्धनका लागि भन्दै हिजो बेइजिङ्मा कार्यक्रम गरेको थियो ।
कार्यक्रममा नेपालकाे माैलिक र वास्तविक फोटोको साटो एआइ जेनेरेट फोटो प्रयोग गरेको भन्दै आलोचना भएको छ ।
बेइजिङ कार्यक्रममा नेपाल पर्यटन बोर्डको एआईबाट बनाइएको फोटो राखेपछि अल्छी कुटनीतिक शैली उजागर भएको र यसले नेपालको सार्वभौमिकतालाई मौलिकतासँग प्रतिबिम्बित गर्न असफल भएको भन्दै टिप्पणी भएको छ ।
सामाजिक सञ्जालमा नेपाल–चीन सम्बन्धको ७० औं वार्षिकोत्सवसँग जोडिएको विषयमा फिक्का प्रस्तुती भएको भन्दै आलोचना भएको छ ।

कार्यक्रममा चाइनिजलाई लक्षित गरिए पनि धेरै प्रस्तुती अंग्रेजीमा गरिएको थियो ।

चीनमा कैयौँ नेपाली चिनीयाँ भाषा बोल्न सक्ने भए पनि बोर्डले लापरबाही गरेको भन्दै आलोचना भएको छ । कार्यक्रममा गलत ढङ्गले व्यापारिक संस्थाको समेच प्रचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्