इरान र इजरायलबिचको युद्ध पाँचौँ दिनमा, तेहेरान खाली गर्न अमेरिकी राष्ट्रपतिको चेतावनी


काठमाडौँ । इरान र इजरायलबिचको युद्ध पाँचौ दिनमा प्रवेश गरेको छ ।

एकअर्काविरुद्ध आक्रमण जारी रहँदा दुबैतर्फ मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । गत शुक्रवार बिहान इजरायलीले सैन्य आक्रमण गरेर ठुलो ठुलो क्षति पुराएपछि इरानले जवाफी कारबाही थालेको थियो ।

दुबै देशले एकअर्काविरुद्ध आक्रमण जारी राख्ने घोषणसहित मिलाइल तथा ड्रोन आक्रमण जारी राखेका छन् ।

गत शुक्रबार भएको आक्रमणमा इजरायली सेनाका उच्च सैन्य कमाण्डर र आवणिक वैज्ञानिकहरूको हत्या गरेको थियो । हिजो मात्रै इजरायलले इरानका रिभोल्युसनी गार्ड्सका गुप्तचर प्रमुखको मृत्यु भएको दाबी गरेको छ ।

पाँचौ दिन आइपुग्दा मृत्यु हुनेको सङ्ख्या दुबै तर्फ तीन समयभन्दा बढीको मृत्यु भएको छ । युद्ध चर्किदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान खाली गर्न चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्प जि ७ को बैठक छोडेर क्यानडाबाट अमेरिका फर्केका छन् ।

उनले मध्यपूर्वको तनावका कारण फर्कनु परेको बताएका छन् । राष्ट्रपति ट्रम्पसँगै अमेरिकी विदेशमन्त्रीले मसते जि ७ को बैठक छोडेका छन् ।

इजरायलले इरानलाई परमाणु निशस्त्रीकरण बनाउने दाबी गर्दै आक्रमण जारी गरेका छन् । यद्यपी अमेरीकी आक्रमणविना इरानको परमाणु भट्टी नहुने विश्लेषकहरूको दाबी छ ।

इजरायलमा रहेको अमेरीकी दुतावास भन्द गरेर कर्मचारी तथा उनीहरूका परिवार सुरक्षित स्थलमा आश्रलय लिएर बसेका छन् । अर्को सूचना जारी नभएसम्म जेरुसेलममा रहेको दुतावस बन्द हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।