जलवायु अनुकुलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहकै सरकारहरू मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । 

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असरहरू कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताएका हुन्।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरूलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको जिकिर गरे । मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए । 

मन्त्री ठकुरीले जलवायु अनुकुलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।