नेपाली फलफूल बजार पछिल्ला वर्षहरूमा विस्तार हुँदै आए पनि यसको आधारभूत संरचना अझै पनि अव्यवस्थित छ । विषादी परीक्षणको कमजोरी, बिचौलियाको प्रभाव, विदेशी आयातको दबाब, कोल्ड स्टोरको अभावजस्ता समस्याले फलफूल बजार स्थायी र दीर्घकालीन समाधानको प्रतीक्षामा छ ।
फलफूल खेतीमा पर्याप्त लगानी नहुनु र उत्पादनको व्यावसायिक व्यवस्थापन अभावले गर्दा स्थानीय किसानको उत्पादनले बजारमा टिक्न मुस्किल परेको छ ।
वर्षभरी नै आपूर्ति गर्नु पर्ने भएकाले स्वदेशी फलफूलले धान्न नसक्दा आयात गर्न बाध्यतामा व्यवसायी छन् । त्यस्तै पछिल्लो समयमा फलफूलको माग, आपूर्ति, बजार व्यवस्थापन, आर्थिक मन्दीको प्रभाव लगायतका विषयमा केन्द्रीत भएर टक्सार न्युज का संवाददाता रबि थापाले नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानिँयासँग गरेको कुराकानी:
फलफूल बजारको वर्तमान अवस्था के छ?
हामी अहिले अस्तव्यस्त अवस्थामा रहेको फलफूल बजारको प्रतिनिधित्व गरिरहेका छौं । बजार असंगठित छ, आधारभूत संरचना अभाव छ र व्यापार सञ्चालन अत्यन्तै कठिन छ ।
हामी लामो समयदेखि राज्यसँग फलफूलका लागि छुट्टै व्यवस्थित स्थान तोकियोस् भनेर आग्रह गर्दै आएका छौं । हामीलाई त्यो ठाउँ लिजमा उपलब्ध गराइयोस्, जहाँ हामी हाम्रो बजारको संरचना निर्माण गर्न सकौं । राज्यलाई भाडा तिर्न तयार छौं, जुन अरु कसैलाई दिइएको भन्दा कम हुने छैन तर आजसम्म त्यो माग सम्बोधन भएको छैन ।
हामी अहिले जुन ठाउँमा व्यापार गरिरहेका छौं, त्यो क्षेत्र दुर्गन्धित छ, स्वास्थ्यका हिसाबले जोखिमपूर्ण छ । विषादी नियन्त्रण, स्वच्छता र सुरक्षित व्यापारको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो तर हामी त्यही अव्यवस्थित ठाउँमा व्यापार गर्न विवश छौं ।
हामी अहिले जुन ठाउँमा व्यापार गरिरहेका छौं, त्यो क्षेत्र दुर्गन्धित छ, स्वास्थ्यका हिसाबले जोखिमपूर्ण छ । विषादी नियन्त्रण, स्वच्छता र सुरक्षित व्यापारको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो तर हामी त्यही अव्यवस्थित ठाउँमा व्यापार गर्न विवश छौं ।
संघका अध्यक्षको हैसियतमा मेरो प्राथमिकता भनेकै यस्तो समस्याबाट व्यापारी वर्गलाई मुक्त गराउनु र सुरक्षित, व्यवस्थित र दीर्घकालीन समाधान खोज्नु हो । यसका लागि हामी निरन्तर सरोकारवाला निकायसँग समन्वय गर्दै आएका छौं ।
थोक बजारमा देखिएको अव्यवस्थित संरचना, ट्राफिक समस्या र सरसफाइको अभाव समाधान गर्न संघले के पहल गरेको छ ?
हामीले थोक बजारको अवस्थालाई सुधार गर्न अनेकौं पहलहरू गरेका छौँ तर दुर्भाग्यवश नेपाल सरकारबाट अहिलेसम्म कुनै प्रकारको ठोस सहयोग प्राप्त भएको छैन ।
हिजोको दिनमा हामी फलफूलका लागि भारत जस्ता देशहरूमा निर्भर थियौं तर अहिलेको अवस्था फेरिएको छ । नेपाली किसानहरू आत्मनिर्भर हुँदै गएका छन् र देशभित्रै पर्याप्त मात्रामा फलफूल उत्पादन हुन थालेको छ । यस्तो अवस्थामा, ती किसानले उत्पादन गरेको उपजलाई व्यवस्थित रुपमा उपभोक्तासम्म पु¥याउन एउटा सुनियोजित, सुरक्षित र सफा बजारको खाँचो छ ।

अहिलेको बजार न ट्राफिक व्यवस्थापनको हिसाबले सुरक्षित छ, न सरसफाइको हिसाबले उपयुक्त छ । यस्तो अव्यवस्थित स्थानमा व्यापार गर्नु व्यापारी मात्र होइन, उपभोक्ताका लागि पनि जोखिमपूर्ण छ । त्यसैले संघले पटक–पटक सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराउँदै आएको । हामीले केवल व्यापार गर्ने होइन, कृषि उपजको मूल्य श्रृङ्खला, उपभोक्ताको स्वास्थ्य र सरसफाइलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।
तर, यसमा सरकारको इच्छाशक्ति र समन्वयबिना हामी मात्रको प्रयास पर्याप्त नहुने देखिन्छ । हामी अझै पनि सकारात्मक पहल र सहकार्यको अपेक्षामा छौं ।
विषादीमुक्त खाद्य वस्तु पाउन सकस भएको बेलामा फलफूलको विषादी परीक्षणको अवस्था कस्तो छ ? थोक बजारमा परीक्षणका लागि सरकारी निकायको उपस्थिति रहने गरेको छ कि छैन ?
हो, पछिल्लो समय फलफूलमा विषादी भएको भन्ने हल्ला व्यापक रूपमा फैलिएको छ, जुन गलत र भ्रामक हो । हाम्रो देश अझै धेरै कुरामा परनिर्भर छ र यस्ता हल्लाहरू त्यही निर्भरशीलताको कमजोरीलाई नै मौका बनाएर फैलाइन्छन् ।
उदाहरणका लागि, जब आँपको सिजन सुरु हुन्छ, त्यो समयमा नै एक किसिमको समूह सक्रिय भएर बजारमा आँप नबिक्ने स्थिति सिर्जना गर्न थाल्छ । फलस्वरूप, आँपमा विषादी छ, खरबुजा खान नहुने जस्ता भ्रमजन्य कुरा फैलाइन्छन् ।
पछिल्लो समय फलफूलमा विषादी भएको भन्ने हल्ला व्यापक रूपमा फैलिएको छ, जुन गलत र भ्रामक हो । हाम्रो देश अझै धेरै कुरामा परनिर्भर छ र यस्ता हल्लाहरू त्यही निर्भरशीलताको कमजोरीलाई नै मौका बनाएर फैलाइन्छन् ।
यो बेला २ करोड रुपैयाँ बराबरको नेपाली आँप बजारमा आउने अवस्था हुन्छ, जुन समयमा किसानलाई प्रोत्साहन दिनुपर्ने हो, तर उल्टै डर त्रास सिर्जना गरेर व्यवसायिक कृषि तर्फ जान लागेको किसान पनि पछि हट्ने अवस्थामा पुग्छन् ।
अहिले नेपालमा उत्पादन भएको आँप १०० रुपैयाँ किलोमा बिक्री भइरहँदा केही समयपछि चीनबाट आयातित आँप ५–६ सय रुपैयाँ किलोमा आउने अवस्था पनि देखिन्छ । त्यसैले यो हल्ला नियोजित भएको आशंका गर्न सकिन्छ । के चीनको उत्पादनमा विषादी हुँदैन र हाम्रो उत्पादनमा मात्रै हुन्छ ? यस्तो हल्लाले केवल बजारलाई होइन, किसानको मनोबललाई पनि धक्का पुर्याउँछ ।
जहाँसम्म विषादी परीक्षणको कुरा छ, हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पटक–पटक बजारमा आएर परीक्षण गर्न अनुरोध गरेका थियौँ र केही समयअघि विभागको टोलीले आएर परीक्षण पनि गरेको थियो र परीक्षणमा फलफूल खान योग्य रहेको प्रमाणित गरिएको छ ।
यदि साँच्चै बजारमा रसायन प्रयोग गरेर आँप पकाइएको छ भने त्यसको विकल्प राज्यले खोज्नुपर्छ । बजार नियन्त्रण गर्नु राज्यको दायित्व हो । त्यस्ता कार्यलाई नियन्त्रण गर्नु र उपभोक्तालाई विश्वस्त पार्ने काम राज्यले वैज्ञानिक परीक्षण र सार्वजनिक रिपोर्टमार्फत गर्नुपर्छ ।

बिचौलियाको नियन्त्रणमा बजार चलिरहेको भन्ने गुनासो आम उपभोक्तामा छ । संघले यसलाई कसरी हेरेको छ ?
हामी आफैँ बजारमा क्रियाशील व्यवसायी हौँ । विगतमा हामीलाई पनि बिचौलिया भनेर आरोप लगाइन्थ्यो, तर अहिलेको यथार्थ त्यो भन्दा धेरै फरक छ ।
संघको तर्फबाट हामीले किसानलाई थोक बजारमा ल्याएर सिधै उपज बेच्न आग्रह गर्दै आएका छौं तर व्यवहारमा त्यो त्यति सरल छैन । किसानले ल्याएको फलफूल धेरैजसो नाजुक प्रकृतिको हुन्छ । छिटै सड्ने र बिग्रने सम्भावना हुन्छ । त्यसैले हामी व्यवसायीहरूले त्यो उपज किनेर बिक्री गर्दा केही हदसम्म मार्जिन राख्नुपर्ने अवस्था स्वाभाविक छ ।
अर्कोतर्फ, किसान आफैँले पनि कहिलेकाहीँ बगैंचामै रहेका फलहरू ठेक्कामा दिनुहुन्छ । यो स्वतन्त्र निर्णय हो । त्यो ठेक्का लिने व्यक्तिले घाटा खायो कि नाफा कमायो, त्यो बजारको जोखिम हो । असिना, वर्षा, प्राकृतिक आपतका कारण उपज नोक्सान हुँदा बिचौलियाले मात्र कमाइ गर्छ भन्ने धारणा समेत पूर्णतः साँचो होइन ।
किसान आफैँले पनि कहिलेकाहीँ बगैंचामै रहेका फलहरू ठेक्कामा दिनुहुन्छ । यो स्वतन्त्र निर्णय हो । त्यो ठेक्का लिने व्यक्तिले घाटा खायो कि नाफा कमायो, त्यो बजारको जोखिम हो । असिना, वर्षा, प्राकृतिक आपतका कारण उपज नोक्सान हुँदा बिचौलियाले मात्र कमाइ गर्छ भन्ने धारणा समेत पूर्णतः साँचो होइन ।
विश्वव्यापी व्यापार प्रणालीमा पनि किसान र उपभोक्ताबिच बजारको भूमिका महत्वपूर्ण हुन्छ । किसानको उत्पादन सिधै उपभोक्तासम्म नपुग्ने अवस्था हुँदा, बजारमै त्यो उपज सड्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा किसान र व्यवसायीको सम्बन्धलाई बिचौलियाको नाम दिएर नकारात्मक रूपमा प्रस्तुत गर्नु गलत ठहर्छ ।
त्यसैले हामी चाहन्छौं कि किसानको उत्पादनले उचित मूल्य पाओस् र उपभोक्ताले पनि गुणस्तरीय र सुरक्षित फलफूल प्राप्त गरून् । यसका लागि पारदर्शी, जिम्मेवार र समन्वययुक्त बजार प्रणाली आवश्यक छ ।
उत्पादन स्थलदेखि उपभोक्तासम्म व्यापारीले मूल्यवृद्धिका लागि प्राविधिक बहाना बनाउँछन् । ढुवानी भाडा, क्वारेन्टाइन जाँच, सिजनल उत्पादन आदि । यीमध्ये साँच्चै कति जायज हुन् ?
वास्तवमा यस्तो कुरा धेरैजसो अतिरञ्जित गरी प्रस्तुत गरिएको हो । प्राविधिक बहाना भनेर भन्नु जति सहज लागे पनि व्यवहारमा व्यापारीले व्यहोर्नुपर्ने चुनौतीहरूलाई बुझ्न आवश्यक छ ।
हामी व्यवसायीहरूले किसानबाट सामान किनेर थोक बजारमा बेच्दा सामान्य रूपमा ७ देखि ८ प्रतिशत मात्र कमिसन लिन्छौँ, जुन अन्तर्राष्ट्रिय व्यापार अभ्यासअनुसार पनि उचित मार्जिन हो । फलफूल भनेको अत्यन्तै छिटो बिग्रिने वस्तु हो र हामी प्रायः नगदमा बेच्न सक्दैनौँ । त्यसमा व्यापारिक जोखिम उच्च हुन्छ ।

अझ स्पष्ट पार्नुपर्दा, यदि कुनै किसानले १ लाख रुपैयाँ बराबरको फलफूल हामीलाई दिनुभयो भने हामी ढुवानी खर्च, श्रमिक लागत, लोड–अनलोडदेखि सुरू गरेर अन्य सम्पूर्ण खर्च उनीकै व्यवस्थामा ल्याउन भन्न्छौँ । यस्तो अवस्थामा हामीले मात्र ७–८ प्रतिशतको मार्जिन राखेर बाँकी सम्पूर्ण रकम किसानलाई नै उपलब्ध गराउँछौँ ।
त्यसैले ढुवानी, क्वारेन्टाइन वा सिजनल असरको बहाना बनाई व्यापारीले मूल्य अस्वाभाविक रूपमा बढाउँछन् भन्ने कुरा सही होइन । यी सबै पक्षहरू स्वभाविक खर्च तथा जोखिमसँग सम्बन्धित छन्, जसलाई बेवास्ता गरेर मूल्यवृद्धिको दोष व्यापारीलाई मात्र दिनु अन्यायपूर्ण हुन्छ । हामी पारदर्शी व्यापार प्रणालीमा विश्वास गर्छौँ र किसान तथा उपभोक्ता दुवैको हितमा काम गर्दै आएका छौँ ।
भारत र चीनबाट आयात हुने फलफूलको मात्रा हरेक वर्ष बढ्दैछ, जबकि नेपाली किसानको उत्पादन बजारमै खेर जान्छ । संघले यसलाई कसरी हेरेको छ ?
यो निश्चय नै चिन्ताको विषय हो । यदि नेपालको आफ्नै उत्पादनले बजारको माग थेग्न सक्छ भने नेपाल सरकारले त्यसअनुसार नीतिगत निर्णय लिन सक्नुपर्छ । उदाहरणका लागि, जब नेपाली आँप बजारमा उपलब्ध हुन्छ, त्यसले झण्डै दुई महिना बजार धान्न सक्छ । यस्तो अवस्थामा सरकारले चीन र भारतबाट हुने आयातमा अस्थायी प्रतिबन्ध लगाउने नीति ल्याउन सक्थ्यो तर यथार्थमा, हाम्रा नेताहरूको कुरा ठूला देखिए पनि कार्यान्वयन र उत्पादनको व्यवस्थापन भने कमजोर देखिएको छ ।
आज नेपाली बजारमा जब नेपाली आँप आउँछ, त्यसबेलामा भारतीय आँपले बजार पाउँदैन । किनभने नेपाली आँप गुणस्तरमा राम्रो हुन्छ, मूल्यमा पनि उपयुक्त हुन्छ । यस्तो बेला आयातित फलफूलले प्रतिस्पर्धा गर्न सक्दैन । तर समस्या के छ भने हामीले व्यवस्थित व्यवसायिक कृषि गर्न सकेका छैनौँ ।
आज नेपाली बजारमा जब नेपाली आँप आउँछ, त्यसबेलामा भारतीय आँपले बजार पाउँदैन । किनभने नेपाली आँप गुणस्तरमा राम्रो हुन्छ, मूल्यमा पनि उपयुक्त हुन्छ । यस्तो बेला आयातित फलफूलले प्रतिस्पर्धा गर्न सक्दैन । तर समस्या के छ भने हामीले व्यवस्थित व्यवसायिक कृषि गर्न सकेका छैनौँ ।
यसका लागि ग्रेडिङ, प्याकेजिङ, भण्डारण र ढुवानीको उचित संरचना निर्माण गर्न आवश्यक छ । अर्कोतर्फ, किसानको उत्पादन बजारसम्म ल्याउँदा उनीहरूले धेरै अवरोध झेल्नुपर्छ । कहिलेकाहीँ उनीहरू न त सही मूल्य पाउँछन्, न त प्रोत्साहन । यसले गर्दा उनीहरू व्यवसायिक खेतीमा लाग्न हिच्किचाउँछन् ।
यसबाहेक, किसानहरूमा पनि केही कमजोरी छन् । उदाहरणका लागि, कहिलेकाहीँ काँचो आँप नै बजारमा ल्याइन्छ जसले गर्दा उपभोक्ताले असन्तुष्टि जनाउँछन् । यसमा पनि सरकार, विशेष गरी प्रदेश सरकार र स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्छ ।
तिनीहरूले किसानलाई तालिम, जानकारी र सहजीकरण गर्नुपर्छ ताकि उपभोक्ताले गुणस्तरीय उपज प्राप्त गर्न सकून् र किसानले उचित मूल्य । हाम्रो मुख्य सन्देश के हो भने यदि राज्यले इच्छाशक्ति देखायो भने हामी आत्मनिर्भर बन्न सक्छौँ तर यसका लागि समन्वय, व्यवस्थापन र नीतिगत स्पष्टता अपरिहार्य छ ।
कोल्ड स्टोर राम्रो नहुँदा फलफूल कुहिनेदेखि सड्ने समस्या बढ्दो छ । के कोल्ड स्टोर निर्माणमा लापरबाही भएको हो त ?
कोल्ड स्टोरको निर्माणमा भन्दा पनि यसको प्रयोग र व्यवस्थापनमा ज्ञानको कमी प्रमुख समस्या हो । पछिल्लो समय देखिएको फलफूल कुहिने घटना लापरबाहीका कारणभन्दा बढी जानकारीको अभावका कारण भएको हो ।
दुई वर्षअघि स्याङ्जाको पुतलीबजारमा ठूलो मात्रामा सुन्तला कुहिएर फाल्नुपरेको थियो तर त्यो अवस्था के कारण भयो भने सुन्तलालाई कति समय कोल्ड स्टोरमा राख्ने भन्ने स्पष्ट जानकारी नहुँदा । सुन्तला एकदमै संवेदनशील फल हो । सामान्यतः १५ दिनदेखि अधिकतम एक महिना मात्र राख्दा हुन्छ । त्यसपछि ढुसी लाग्ने, गनाउने समस्या देखिन्छ ।

तर व्यवहारमा के भयो भने १५ दिन मात्रै राख्नुपर्ने सुन्तला एक महिनासम्म कोल्ड स्टोरमै राखियो, जसले गर्दा ती फलफूल कुहिन थाले । यसले स्पष्ट देखाउँछ कि हामीसँग कोल्ड स्टोर त छन्, तर त्यसको सही उपयोग कसरी गर्ने भन्ने ज्ञानको अभाव छ ।
त्यसका साथै, फल टिप्ने तरिका पनि एकदम महत्त्वपूर्ण छ । यदि फल टिप्ने बेलामा गल्ती गरियो भने त्यो फल कोल्ड स्टोरमा राख्दा पनि छिट्टै बिग्रन्छ । उदाहरणका लागि सुन्तला, स्याउ वा ड्र्यागन फ्रुटजस्ता फलहरू टिप्ने तरिकाबाट नै उनीहरूको संरक्षण अवधि निर्धारण हुन्छ । त्यसैले कृषि विज्ञहरूले यी पक्षमा विशेष ध्यान दिन जरुरी छ । हामी चाहन्छौँ कि कोल्ड स्टोर निर्माण मात्र होइन, यसको प्रयोग, व्यवस्थापन र कृषि शिक्षा तर्फ पनि सम्बन्धित निकायले गम्भीर ध्यान देओस् ।
हरेक वर्ष आउने बाढी जस्ता विपद्का बेला फलफूल बजार डुबानमा पर्दा किसानको उत्पादन खेर जाने अवस्था आउँछ । यस्तो आपतकालीन समयमा सरकारको तयारी कमजोर भएको हो ?
हो, पछिल्ला वर्षहरूमा यस्ता विपद् घटनाहरू बारम्बार दोहोरिरहेका छन । हामी अहिले बसेको फलफूल बजार क्षेत्रमा लगभग २५ वर्षदेखि व्यवसाय गर्दै आएका छौँ तर यति समयको दौरानमा हाल केही वर्षयता देखिएको जस्तो डुबानको समस्या पहिले कहिल्यै देखिएको थिएन ।
पहिले नदी वा खोलामा कुनै संरचना बनाइएको थिएन, पर्खाल थिएन तर अहिले राज्यले विभिन्न स्थानमा ढल, नाला, ड्याम र पर्खालहरू त बनाएको छ, तर ती संरचनाहरूको उचाइ पर्याप्त छैन । प्रत्येक वर्ष बाढी आउँदा खोलाले बालुवा ल्याएर थुपार्छ, जसले गर्दा खोला उठ्दै जान्छ र अन्ततः पानी बजारभित्र पस्ने स्थिति बन्छ ।
पहिला जब यहाँ कुनै संरचना थिएन, त्यति ठूलो क्षति हुँदैनथ्यो तर अहिलेका संरचनाले बाढीलाई रोक्न सकिरहेको छैन, उल्टो समस्या थपिएको छ । हामीले राज्यलाई पटक–पटक आग्रह गरिसकेका छौँ हामीलाई व्यवस्थित ठाउँमा छुट्टै फलफूल बजारको व्यवस्था गरिदिनुप-यो भनेर । हामी त्यसको लागि सरकारले निर्धारण गरेको भाडा तिर्न पनि तयार छौँ तर अहिलेसम्म सरकारबाट ठोस पहल देखिएको छैन ।
पहिला जब यहाँ कुनै संरचना थिएन, त्यति ठूलो क्षति हुँदैनथ्यो तर अहिलेका संरचनाले बाढीलाई रोक्न सकिरहेको छैन, उल्टो समस्या थपिएको छ । हामीले राज्यलाई पटक–पटक आग्रह गरिसकेका छौँ हामीलाई व्यवस्थित ठाउँमा छुट्टै फलफूल बजारको व्यवस्था गरिदिनुप-यो भनेर । हामी त्यसको लागि सरकारले निर्धारण गरेको भाडा तिर्न पनि तयार छौँ तर अहिलेसम्म सरकारबाट ठोस पहल देखिएको छैन ।
आजको दिनमा जब कुनै विदेशी नागरिक यहाँ आउँछ, उनीहरूलाई यो देशकै ठूलो फलफूल बजार भनेर देखाउँदा लाज लाग्ने अवस्था छ । यस्तो असहज र अस्वस्थ वातावरणमा व्यापार सञ्चालन गर्नु परेको छ ।
त्यसैले, राज्यले यस्ता विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्नुपर्छ, उचित संरचना निर्माण गर्नुपर्छ र व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्छ । किसानको उत्पादन खेर जान नदिनु भनेको देशकै अर्थतन्त्रको रक्षा गर्नु हो भन्ने कुरालाई सरकारले बुझ्नैपर्छ ।
थोक फलफूल व्यापार अझै पनि पुरानै ढाँचामा सञ्चालन भइरहेका छन् । के संघले डिजिटल बिलिङ, अनलाइन कारोबार वा ट्रेसिङ सिस्टम जस्ता प्रविधिको अभ्यास सरूगरेको छ ?
सत्य भन्नुपर्दा, अहिलेसम्म हामी त्यस दिशामा जान सकेका छैनौँ । मुख्य कारण भनेको हाम्रो बजारकै अस्तव्यस्तता हो । हामी जुन स्थानमा कारोबार गर्दै आएका छौँ, त्यो पूर्ण रूपमा अव्यवस्थित र हाम्रो नियन्त्रण बाहिरको अवस्था रहेको छ ।
यसरी अव्यवस्थित अवस्थामा प्रविधिको प्रयोग र डिजिटल प्रणाली लागू गर्नु चुनौतीपूर्ण हुन्छ ।
डिजिटल बिलिङ मात्र होइन, हामी चाहन्छौँ कि विश्वभर प्रयोगमा आइरहेका आधुनिक प्रविधिहरू जस्तै ट्रेसिङ सिस्टम, अनलाइन कारोबार व्यवस्थापन समेत हाम्रो बजारमा लागू गर्न सकियोस् ।

तर, त्यसका लागि पहिलो सर्त हो राज्यले हामीलाई एक निश्चित, व्यवस्थित र स्थायी ठाउँको व्यवस्था गरिदिनुपर्छ । यदि त्यस्तो ठाउँ उपलब्ध भयो भने हामी केवल डिजिटल प्रणालीमै सीमित नरही, सम्पूर्ण व्यापार प्रक्रिया आधुनिक प्रविधिमा रुपान्तरण गर्न पूर्ण रूपमा तयार छौँ ।
तपाईंको व्यक्तिगत अनुभवमा फलफूल व्यवसायमा कति सम्भावना देख्नुहुन्छ ? अब नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्नको लागि तपाईंले कस्तो सन्देश दिनुहुन्छ ?
मेरो अनुभवमा फलफूल व्यवसाय अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । देशमै बसेर व्यवसायिक रूपमा कृषि तथा फलफूल व्यापारमा अहिलेको पुस्तालाई आग्रह गर्न चाहन्छु ।
हिजोआज धेरैजसो युवाहरू खाडी मुलुकतिर रोजगारको खोजीमा गइरहेका छन्, तर यता हाम्रो आफ्नै देशमा भारतीयहरूले थोक र खुद्रा फलफूल पसल खोलेर व्यवसाय विस्तार गरिरहेका छन् । के हामी नेपाली युवाले आफ्नै देशमा त्यही काम व्यवसायिक रूपमा गर्न सक्दैनौँ ? अवश्य सक्छौँ ।
आज विश्व बजारमा पाइने धेरै फलफूलहरू नेपालमै उत्पादन हुन थालेका छन् । हाम्रा किसानहरूले व्यवसायिक रूपमा उत्पादन गर्न थालेपछि गुणस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्ने भइसकेका छौँ । महँगा मानिने फलफूलहरू पनि अहिले नेपाली उत्पादनको तुलनामा गुणस्तर र मूल्य दुवै हिसाबले पछि परेका छन् । त्यसैले अब आधुनिक प्रविधिको प्रयोग, योजनाबद्ध लगानी र दीर्घकालीन सोचको आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्