काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ।
नगरप्रमुख डा दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको हो ।
उपप्रमुख कुशवाहले नगर प्रहरीले गेटको ताला नखोलेपछि कार्यालय प्रवेश गर्न नपाएको भिडियो सार्वजनिक गरेकी हुन् ।
गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् ।
उपप्रमुख कुशवाहाले नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर आफुलाई बाहिरै रोकिएको बताएकी छन् ।
आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि उनीहरूबीच विवाद बढेको हो।
उनले भिडिओमा आफ्नो कार्यकक्ष पनि तोडफोड भएको सूचना पाएको सुनाएकी छन्।
प्रतिक्रिया दिनुहोस्