काठमाडौँ। काठमाडौं उपत्यका र तराई क्षेत्र त्यसमा पनि भारतको सीमा नजिक सबैभन्दा बढी वायु प्रदुषण हुने देखिएकाे छ । विश्व बैंकले नेपालको वायु प्रदुषण बारे गरेको अध्ययन प्रतिवेदनले पछिल्लो दशकमा वायु प्रदुषणमा कुनै पनि सुधार नभएको जनाएको छ ।
पछिल्लो दशकमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको लागि कति सम्म भए फरक पर्दैन भनेर सीमा तोकेको छ । विश्व बैंकको तथ्याङ्क अनुसार विश्व स्वाथ्य संगठनको मापदण्ड भन्दा ७-८ गुणा बढी रहेको छ । काठमाडौं उपत्यकामा प्रदुषणको मुख्य कारण औद्योगिक उत्पादन, कुकिङ र मोबिलिटी रहेका छन् । काठमाडौँ उपत्यकामा उपत्यकाभन्दा बाहिर र नेपालमा आधा भन्दा बढी प्रदुषण नेपाल बाहिर बाट आउने उल्लेख गरिएको छ ।
२.५ माइक्रोन भन्दा सुक्ष्म प्रदुषण भएका कारण फोक्सो र अन्य समस्याहरू जनाइएकाे छ । वायु प्रदुषणले पहिलो नम्बरमा मृत्यु र अपाङ्गता, दोस्रोमा कुपोषण र तेस्रो नम्बरमा टाेबाकाेकाे जोखिम रहन्छ । वायु प्रदुषणको कारण नेपालीको औसत आयु ३.४ वर्षले घटेको र वार्षिक २६ हजार जनाको अल्पायुमै मृत्यु हुने उल्लेख गरिएको छ ।
विश्व बैंकका अनुसार वायु प्रदुषणका कारण नेपालकाे अर्थतन्त्रमा समेत असर परेकाे छ । वायु प्रदुषणले स्वास्थ्यमा समस्या पर्ने र यसले राेजगारी गर्नकाे लागि समस्या पर्ने जनाएकाे हाे । पर्यटन उद्योग र उड्डयन क्षेत्रलाई पनि वायु प्रदुषणले प्रभाव पार्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्