काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३.९० अंकले घटेर ३.९० अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा ३ ओटा उपसमुहको सेयर घटेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
मंगलबार सानिमा माई हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
नेप्सेमा आज पियोर इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशतले घटेको छ ।
कुल ३०६ कम्पनीको एक करोड ६४ लाख ७७५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्