अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको द्वन्द्वको‘वास्तविक अन्त्य’को खोजी गरिरहेको बताएका बताएका छन् ।
जि७ राष्ट्रहरूको सम्मेलन बिचमै छोडेर फर्किएका राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामभन्दा स्थायी समाधान उत्तम हुने तर्क गरे ।
“युद्धविरामभन्दा राम्रो के हो?” भन्ने प्रश्नमा ट्रम्पले भने, “अन्त्य, वास्तविक अन्त्य । युद्धविराम होइन ।”
युद्धको पूर्ण अन्त्य वा पूर्ण रूपमा छोड्नु पनि ठिक हुने बताए ।
आगामी ४८ घण्टामा इजरायलले आक्रमणको गति बढाउने वा घटाउने भन्नेबारे स्पष्टता आउने अपेक्षा ट्रम्पले व्यक्त गरे । “तपाईंहरू चाँडै थाहा पाउनुहुनेछ। अहिलेसम्म कसैले गति घटाएको छैन,” उनले भने ।
ट्रम्पले आज आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग सिचुएसन रूममा बैठक गर्ने योजना बनाएका छन् ।
इरानको आणविक कार्यक्रम नष्ट गर्न अमेरिकी सैन्य हस्तक्षेप आवश्यक छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, “म आशा गर्छु उनीहरूको कार्यक्रम त्यसअघि नै समाप्त हुनेछ । उनीहरूलाई आणविक हतियार प्राप्त हुने छैन ।”
तेहरान खाली गर्नको लागि तत्काल आह्वानको कारणबारे ट्रम्पले भने, “कुनै विशेष खतरा थिएन तर त्यहाँको अवस्था हेर्दा मानिसहरू सुरक्षित रहुन् भन्ने चाहना थिया । सधैं केहि हुन सक्छ । म केवल मानिसहरू सुरक्षित रहुन् भन्ने चाहन्छु। ”
इरानका छिमेकी मुलुकका विभिन्न क्षेत्रमा रहेका अमेरिकी सैनिक वा सम्पत्तिको सुरक्षाबारे चिन्ताको सन्दर्भमा राष्ट्रपति ट्रम्पले भने, “हाम्रा सैनिकहरू महान छन् । यदि इरानले उनीहरूलाई छोयो भने अमेरिका निकै कडा प्रतिक्रिया दिनेछ । मलाई लाग्छ उनीहरूले बुझेका छन् । हाम्रा सैनिकहरूलाई नछोउनु ।”
राष्ट्रपटि ट्रम्पले उपराष्ट्रपति जे.डी. भान्ससहितको टोलीलाई इरानी अधिकारीहरूसँग भेट गर्न पठाउने योजना बनाइरहेको विषयमा ट्रम्पले भने, “ सम्भव छ । म फर्किएपछि के हुन्छ भन्नेमा निर्भर गर्छ ।”
इरान र इजरायलबिचको युद्ध पाँचौ दिनमा प्रवेश गरेको छ । एकअर्काविरुद्ध आक्रमण जारी रहँदा दुबैतर्फ मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
गत शुक्रवार बिहान इजरायलीले सैन्य आक्रमण गरेर ठुलो ठुलो क्षति पुराएपछि इरानले जवाफी कारबाही थालेको थियो । दुबै देशले एकअर्काविरुद्ध आक्रमण जारी राख्ने घोषणसहित मिलाइल तथा ड्रोन आक्रमण जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्