अभियान ग्रुपले प्रवर्धन गरेको माथिल्लो सागुखोला र पेगुखोला हाइड्रोका लागि लगानी जुट्यो


काठमाडौँ । अभियान ग्रुपले प्रवर्धन गरेको माथिल्लो सागुखोला साना हाइड्रोपावर र पेगु खोला साना हाइड्रो पावरको लागि लगानी जुटेको छ ।

दुबै आयोजनामा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकले लगानी गर्ने भएको हो ।

अभियान ग्रुपले प्रवर्धन गरेको विगु हाइड्रो भेन्चर प्रा.लि.ले १० मेगावाटको सागु र आलम्पु जलविद्युत विकास कम्पनी प्रा.लि.ले ३ मेगावाटको पेगुखोला आयोजना निर्माण गर्दैछन् ।

दुबै आयोजनाका लागि निफ्राले १ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने समझदारी भएको छ ।

लगानीका लागि सम्झौतापत्रमा अभियान ग्रुपका अध्यक्ष बाबुराम थापा र बैंकका सिइओ कृष्ण अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षरपछि मङ्गलबार अभियान ग्रुपका अध्यक्ष थापाले दुबै आयोजना समयमै सम्पन्न गर्ने बताए ।
उनले भने,“ दुबै आयोजना समयमै पुरा गछौँ । हामीले दुबै आयोजनालाई उदाहरणीय बनाउने छौँ ।”

अध्यक्ष थापाले सागु २४ महिना र विगु १८ महिनामा निर्माण पुरा गर्ने लक्ष्य रहेकाे जानकारी दिए ।