इरानद्वारा हाइपरसोनिक ‘फत्ताह’ मिसाइल प्रयोग, विनासर्त आत्मसर्मण गर्न अमेरिकी राष्ट्रपतिकाे चेतावनी


इरानले हाइपरसोनिक ‘फत्ताह’ मिसाइल प्रयोग गरेको घोषणा गरेको छ ।

इरानी रिभोल्युसनरी गार्ड कोप्र्स (आइआरजिसी)ले इजरायल विरुद्धको पछिल्लो आक्रमणमा ‘फत्ताह’ नामक हाइपरसोनिक मिसाइल प्रयोग गरेको घोषणा गरेको छ ।

युद्ध छैठौँ दिन पुग्दा दुबै देश थप आक्रमक बनिरहेका बेला इरानले फत्ताह हाइपरसोनिक मिसाइल प्रयोग गरेको भन्दै इजरायलको धेरै प्रचार गरिएको हवाई रक्षा प्रणालीलाई सफलतापूर्वक असफल बनाएको र ‘आइरन डोमको अन्तको सुरुवात’को सङ्केत गरेको अलजजिराले उल्लेख गरेको छ ।

यस विषयमा इजरायलले यस दाबीमा इजरायलले यस दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।

‘फत्ताह’ इरानले विकास गरेको पहिलो हाइपरसोनिक मिसाइल हो ।

यो सन् २०२३ मा सार्वजनिक गरिएको थियो ।

यसको यसको सार्वजनिक कार्यक्रममा (आइआरजिसी)का एयरोस्पेस प्रमुख अमिर अली हाजिजादेहले भनेका थिए,“फत्ताहले इरानी मिसाइल प्रविधिमा ‘पुस्तागत फड्को’ मारेको छ, किनभने यो पृथ्वीको वायुमण्डल भित्र र बाहिर दुवै स्थानमा चल्न सक्छ र कुनै पनि मिसाइल रक्षा प्रणालीलाई भेद्न सक्छ ।”

उनको थप भनाई थियो,“फत्ताहलाई अन्य कुनै मिसाइलले नष्ट गर्न सक्दैन, किनभने यो विभिन्न दिशा र उचाइमा चल्न सक्छ ।”
युद्धकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसर्मपण गर्न चेतावनी दिएका छन् ।

यसअघि युद्धविरामभन्दा वास्तविक युद्धको अन्त्य चाहेको बताएका ट्रम्पले इरानलाई विनासर्त आत्मसर्मपण गर्न चेतावनी दिएका हुन् ।

ट्रम्पको चेतावनी आइरहेका बेला र इरान र इजरायलबीचको द्वन्द्वमा अमेरिका सैन्य रूपमा संलग्न हुने योजना सम्बन्धी रिपोर्टहरू बढ्दै गर्दा अमेरिकी लडाकु विमानहरू पूर्वी इंग्ल्याण्डको एक बेसबाट प्रस्थान गरेका छन् ।

एक जना शौखिन फोटोग्राफरले खिचेका तस्वीरहरूमा एफ–३५ लडाकु विमानहरू रोयल एयर फोर्स,लेकनहीथबाट प्रस्थान गरिरहेको देखिन्छ । ती विमानहरूलाई एक एयर इन्धन भर्ने ट्याङ्कर विमानले साथ दिएको थियो ।